Barahi News

हाम्रो बारे

पत्रकारिता सरकार वा संस्थाविशेषले नियन्त्रण गर्ने पेशा होइन । पत्रकारिता आफैंले बनाएको आचारसंहिता पालना, मर्यादा र जवाफदेहीता भित्र हुनसक्नुपर्दछ । जुन, विश्वले स्विकारिसकेको मान्यता हो । हामी हाम्रो आचार संहिता र मर्यादा पालनामा पूर्ण प्रतिबद्ध छौं, रहनेछौं ।

‘बाराही न्यूज डटकम’ बाराही संचार (प्रा) लि. पोखराद्वारा संचालित अनलाइन पत्रिका हो । सन् २०१५ अक्टुबर १९ तारीख देखी आफ्नो सेवा शुभारम्भ गरेको बाराही न्यूज डटकमले नेपाली भाषामा समाचार अपडेट गर्दछ ।

हाल देशभरका बिभिन्न २७ वटा सामुदायिक तथा निजि एफएम रेडियो, ४ जना जिल्ला सम्बाददातासंगको सहकार्यका साथै राससबाट हामीले राष्ट्रिय समाचार संकलन तथा साभार गर्दछौं ।

बीबीसी, रोयटर्स, सिएनएन, एपी, एएफपी, लगायतका अन्य अनलाइन तथा एजेन्सीहरुबाट हामीले अन्तर्राष्ट्रिय समाचार संकलन तथा साभार गर्दछौं ।

तपाईसंग पनि कुनै समाचार, लेख, रचना वा भिडियो छन् भने हामीलाई इमेल गर्न सक्नुहुनेछ । तर, तपाईले पठाएका सामाग्री राष्ट्रियता, साम्प्रदायिक, जातीय र धार्मिक सद्भावनामा खलल नपुर्याउने, कुनैपनि पार्टी वा राजनीतिक दलको पृष्ठपोषण नगरेको, गालीगलौज, गैह्रकानुनी, मानहानी र कसैलाई मिथ्या आरोप लगाउने खालको हुनुहुने छैन ।

तपाईको मार्ग निर्देशन र सुझाव हाम्रा लागि सदैब स्विकार्य हुनेछन ।

समाजलाई उत्प्रेणा दिने खालका समाचार, कृषिलाई बढावा दिने समाचार, समाजमा सकारात्मक सोचको बिकास गराउने खालका समाचार र समग्रमा समाजलाई सही सुचना प्रबाह गर्दै अनियमितता, बिकृति र विसंगतिको बिरुद्धमा आवाज उठाउनु हाम्रो मुख्य उद्देश्य हो।

Email : [email protected]

प्रतिकृया दिनुहोस्