Barahi News

मणिपाल र जिएमसीमा कार्यरत २ चिकित्सकमा कोरोना पुष्टी, ट्रेसिङ सुरु

पोखरा , १२ साउन:

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टी भए लगत्तै गण्डकी मेडिकल कलेजकी नर्समा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेशका जनस्वास्थ्य प्रमुख डा बाबुराम आचार्यका अनुसार ति स्वास्थ्यर्मीलाई पनि आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको छ ।

यसअघि मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई पश्चिमाञ्चन क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिसकिएको छ भने कन्ट्रायक ट्रेसिगंको आधारमा उनको सम्पर्कमा रहेका परिवार, चिकित्सक र बिरामीको समेत स्वाब संकलनको काम भइरहेको गण्डकी प्रदेशका जनस्वास्थ्य प्रमुख डा बाबुराम आचार्यले जानकारी दिए ।

प्रतिष्ठानमा हाल १६ जना कोरोनाका बिरामीहरुको उपचार भई रहेको उनले जनाए । त्यसै गरी जिएमसीमा एक जना स्टार्फ नर्समा कोरोना पुष्टि भएको छ । केहीदिन उपचार भई डिस्चार्ज भएकी नर्समा कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएको कास्कीका बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । दुई वटा अस्पतालका स्वास्थ्यकर्मी मा कोरोना पुष्टि भएसंगै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्न सुरु भएको गण्डकी प्रदेशका जनस्वास्थ्य प्रमुख डा बाबुराम आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्