Barahi News

स्याङ्जा र बाग्लुङमा थप तीनजनामा कोरोना पुष्टी, गण्डकीमा कुल संक्रमित १२३१ पुगे

पोखरा , १ साउन:

स्याङ्गजा र बाग्लुङमा थप तीनजनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग प्रयोगशाला पोखरामा गरिएको पिसिआर परीक्षणमा स्याङ्गजा वालिङ नगरपालिकाका १९ बर्षीय युवक र बाग्लुङ गलकोट नगरपालिकाका २५ र ३५ पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो ।

संक्रमित तीनैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार दुई सय ३१ पुगेको छ  ।

प्रतिकृया दिनुहोस्