Barahi News

अबैध रुपमा उत्खनन गरेको आरोपमा जेसीबी सहित पांच वटा ट्याक्टर नियन्त्रणमा

पोखरा , ३० आषाढ:

पोखरा महानगरपालिका -१९ दशखेत सेती नदीस्थित अवैधरुपमा उत्खनन गरेको अभियोगमा ग १ क ३८३२ नम्बरको जेसीबी सहित जेसीबी चालक दिपक भुषाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

साथै प्रहरीले सोही स्थानमा रहेको ५ वटा ट्याक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त स्थानमा अवैध रुपमा नदी उत्खनन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले चालक भुषाललाई पक्राउ गरेको हो । आवश्यक कारवाहीको लागि महानगरपालिकाको कार्यालय पठाइएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्