Barahi News

मंगलबार थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

काठमाडौं, ३० आषाढ:

नेपालमा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय १६ संक्रमण भएको पुष्टि भएको हो

हालसम्म नेपालमा कुल १७ हजार ६१ जना कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै, नेपालमा कोभिड १९ बाट निको हुनेको १० हजार ३ सय २८ संख्या पुगेको छ ।

प्रतिकृया दिनुहोस्