Barahi News

पश्चिमाञ्चल अस्पतालमा उपचाररत १३ जना संक्रमित निको भइ घर फर्के

पोखरा , २९ आषाढ:

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षत्रिय अस्पताल पोखरामा उपचाररत १३ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार डिस्चार्ज हुनै सवै जना कास्कीका रहेका छन् । उनिहरु पोखरा महानगरपालिकाका विभिन्न वडाका ११ जना र २ जना मादि गाउँपालिकाका हुन् ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १९२ पुगेको छ । आजमात्र प्रदेशका विभिन्न जिल्लामा १५ जना कोरोना संक्रमितहरु थपिएका छन् । संक्रमित मध्ये १ हजार ४३ जना पुरुष रहेका छन् भने, १४९ जना महिला रहेका छन् । यि मध्ये ७५७ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ४३१ जनाको प्रदेशका जिल्लाहरुमा रहेका विभिन्न आइसोलेसनहरुमा उपचार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्