Barahi News

नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं , २८ आषाढ:

नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप ८२ संक्रमण भएको पुष्टि भएको हो

हालसम्म नेपालमा कुल १६ हजार ८ सय १ कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै, नेपालमा कोभिड १९ बाट निको हुनेको ८ हजार ५ सय ८९ संख्या पुगेको छ ।

प्रतिकृया दिनुहोस्