Barahi News

अमिताभसंगै छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमणको पुष्टी

भारत , २८ आषाढ:

भारतीय सिनेमाका अमिताभ बच्चनसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अभिनेता अभिषेक बच्चनले आफूलाई पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।्

बच्चनले आफ्नो अधिकारिक ट्विटर ह्यान्डलमार्फत आफू र बुबा अमिताभलाई कोरोना सक्रमण भएको जनकारी दिएका छन् । उनले लेखेका छन्, ‘बुबा र मलाई कोरोना भाइरसको संक्रमण भएको पुष्छि द्धएको छ । हामीमा सामान्य लक्षण देखिएका थिए । अहिले हामीलाई अस्पताल भर्ना गरिएको छ ।

बच्चनकी श्रीमती एश्वर्या र उनको छोराको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय संचार माध्यमले जनाएका छन्  ।

बच्चन परिवारमा कोरोना पुष्टी भएसंगै लाखौँ लाख दर्शक शुभेच्छुकले सामाजिक संजाल मार्फत स्वास्थ्य लाभको कामना गरेका छन्

प्रतिकृया दिनुहोस्