Barahi News

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोलको मूल्य अब १०२

काठमाडौं, २६ आषाढ:

पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले फेरि बढाएको छ। निगमले आज शुक्रबार एक सुचना जारी गर्दै पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा बृद्धि गराएको हो ।

निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ बढाएको छ । बढेपछिको मूल्यमा काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्ने भएको छ । त्यस्तै, बढेको मूल्यमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ।

निगमका अनुसार बढेको मूल्य आज राती १२ बजेबाट लागु हुने भएको छ ।

प्रतिकृया दिनुहोस्