Barahi News

क्रिकेट संघ कास्कीको ड्रिम प्रोजेक्ट ‘सेन्ट्रल क्रिकेट एकेडेमी’ को स्थापना

पोखरा , २५ आषाढ:

कास्की जिल्ला क्रिकेट संघले आफ्नो ड्रिम प्रोजेक्ट ‘सेन्ट्रल क्रिकेट एकेडेमी’  को स्थापना गरेको छ । एकेडेमी पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रोजेक्टको प्रशिक्षकमा रिजन प्रजू, दिपेश खत्री, गोविन्द प्रधान, विधान श्रेष्ठ र व्यवस्थापकमा विरेन पुनलाई क्रिकेट संघले कास्कीले नियुक्त गरेको छ ।

कोभिड – १९ ले सारा विश्वलाई प्रभावित पारिरहेको अवस्थामा नेपाल सरकारले ०७६ चैत्र ११ बाट लागु गरेको लकडाउनलाई सवैले पालना गरीरहेको अवस्थामा खेलकुदका गतिबिधीहरु प्राय ठप्प छन् । अन्तर्राष्ट्रिय खेल्कुद गतिबिधिहरुको अनुसरण गर्दै सरकारको अनुमति पछी मात्र सेन्ट्रल क्रिकेट एकेडेमीका गतिविधिहरु सुचारु हुने तयारीमा रहेकोले सहभागी हुन इच्छुक खेलाडीहरुले एकेडेमीका व्यवस्थापक विरेन पुनलाई ( ९८१७१०३४३९ ) मा सम्पर्क गर्न सक्नेछन् ।

कास्की जिल्ला क्रिकेट संघले कास्कीको क्रिकेटलाई व्यावसायिक र आत्मनिर्भर बनाउने दिशामा थप नीति, पहल र योजना प्रस्तुत गर्ने छ भन्नेमा व्यवस्थापक विरेन पुन आशाबादी छन् ।  क्रिकेट संघको आर्थिक हैसियतलाई सबल नबनाई क्रिकेटको विकाश र प्रबर्धन सुनिश्चित गर्न सकिंदैन भन्ने कुरा कास्की क्रिकेट संघले बुझ्न सकेको खण्डमा संघको आर्थिक पक्ष केही मात्रामा सबल हुने पुनको निस्कर्ष छ । जिल्ला र प्रदेशका कप्तान, क्रिकेट प्रेमी र सम्पूर्ण क्रिकेट खेलाडीहरुलाई क्रिकेट मैदानमा खुशी हुने वातवारण सेन्ट्रल क्रिकेट एकेडेमीले बनाउनेमा आफु ढुक्क रहेको पुनको दाबी छ ।

प्रतिकृया दिनुहोस्