Barahi News

गरिवीकै कारण तनहुँमा ३५ जनाले आत्महत्या गरे

तनहु , २३ आषाढ:

तनहुँ असार २३ जिल्लाका विभिन्न स्थानहरूमा १३ बर्षदेखि ७० बर्ष उमेर समुहका मानिसले आत्मह’त्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार धेरै जसो गरीब र विपन्न रहेका छन् ।

विशेषगरी विभिन्न दुर्गम स्थानमा बसोबास गर्दै आएका अति विपन्न , वेरोजगारहरुले आत्मह’त्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले बताए ।

उनका अनुसार गरिबी बेरोजगारी ,भोकमरी र सामाजिक विभेद सहन नसक्दा झुन्डिएर आत्मह’त्या गर्नेको संख्या– ३५ जना पुगेको छ भने जिल्लामा लकडाउन अबधिभर ८८ मुद्दा दर्ता भएका छन् ।

जिल्लामा १ सय ३९ जनामा कोरोना संकमण पुष्टि भए सगै ६६ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । आज प्रकाशित राजधानी दैनिकले समाचार लेखेको छ ।

प्रतिकृया दिनुहोस्