Barahi News

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

नयाँदिल्ली, १९ आषाढ:

बलिउड चर्चित कोरियोग्राफर सरोज खानको ७२ बर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार राति उपचारका क्रममा अस्पतालमा निधन भएको भारतिय मिडियाले जनाएको छ ।

खानको निधनको खबरले बलिउड शोकमा पुगेको छ । उनलाई स्वासप्रश्वासमा समस्या आएपछि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो ।

भर्ना गरिएको उनको बिहीबारनिधन भएको बताइएको छ । खानले कंगना रनौटको चलचित्र ‘मणिकर्णिका’ मा पनि कोरियॉग्राफी थिइन् । उनले तीन पटक बेस्ट कोरियॉग्राफीबाट राष्ट्रीय फिल्म पुरस्कार जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस्