Barahi News

कोरोनाको औषधि बनाएर आफैमा परीक्षण गर्ने चिकित्सकको ज्यान गयो

भारत , २८ बैशाख:

भारतको चेन्नईमा एक चिकित्सकले कोरोना भाइरसको उपचारका लागि बनाएको औषधि आफैंमा परीक्षण गर्दा उनको मृत्यु भएको छ । पेरुगुंडीमा बस्ने शिवगनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको ज्यान गएको हो । उक्त कम्पनीको कफ सिरप प्रसिद्ध छ ।

कोरोना भाइरस निको पार्न शिवगनेसन र उनका हाकिम राजकुमारले एक औषधि खोज्ने कोशिश गरिरहेका थिए । राजकुमारले उक्त औषधिका केही थोपा पिए भने शिवगनेसनले अलि बढी नै पिए ।

त्यसपछि दुवैजना बेहोश भए । उनीहरूलाई तत्कालै नजिकैको अस्पताल लगियो । शिवगनेसनको मृत्यु अस्पतालमा भएको थियो भने राजकुमारको स्वास्थ्य गम्भीर भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६३ पुग्यो

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष...