Barahi News

पुलिसलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले उचाल्यो रारा गोल्डकपको उपाधि

पोखरा , १ चैत्र:

रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो ।

पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मार्‍यो ।

प्रतिकृया दिनुहोस्